‘द भ्वाईस’ को डिजिटल अडिसन सम्पन्न



बिश्वका १९१ राष्ट्रमा सफल प्रसारण भईरहेको सिङ्गिङ रियालिटी शो ‘द भ्वाईस’ को नेपालमा डिजिटल अडिसन सकिएको छ । कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनका क्रममा अव ब्लाईन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रब्य दृष्य सामाग्री निर्माण गरिनुका साथै प्रत्यक्ष भेटेर आवाज सुन्न एउटा टोली पूर्व दौडाहामा रहेको जानकारी दिईएको छ ।

ब्लाईन्ड अडिसनमा सहभागी हुन सफल प्रतिष्पर्धीलाई यस प्रतियोगितामा कोच (प्रशिक्षक) भनिएको छ । कोचले प्रत्यक्ष सुन्न र आफ्नै समुहमा समावेश गर्न प्रयास गर्ने बताईएको छ ।

कार्यक्रममा कोचहरुमा अग्रज गायक दिप श्रेष्ठ, यसैगरी प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहेका छन् । कार्यक्रम ब्लाईन्ड राउण्ड, ब्याटल राउण्ड र लाईभ सो गरेर तीन चरणमा समावेश हुने अनि अन्तिम चारजना प्रतिष्पर्धीबाट एकजना भ्वाईस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई नेपाल आईडल सिजन एकका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने यस्तै नेपाल आईडलमा नै रियालिटी प्रोड्युसर रहेका फिरोज तिम्सिनाले मुख्य सहायक निर्देशन तथा आईटि हेडको जिम्मेवारी बहन गर्ने र शुशिल नेपालले प्रस्तोताको भुमिका निर्वाह गर्ने जनाईएको छ ।

कार्यक्रममा मुख्य क्यामेरामेनको रुपमा शिवराम श्रेष्ठ, सम्पादन प्रमुखको रुपमा सोहन मानन्धरले पनि काम गर्ने भएका छन् । यसैगरी कार्यक्रम निर्माण र अवलोकनका लागि नेदरलेण्डबाट एउटा टोली र प्रविधी सहयोगका लागि भारतबाट अनुभवी टोली आउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

कार्यक्रममा बिजेता हुनेले नगद २५ लाख रुपैँया, एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वल्र्ड टुर गराईने र सम्पुर्ण खर्च १२ करोड खर्च लाग्ने कार्यक्रम आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu