कसैको डर धम्कीबाट डराउँदिनँ : बोर्ड अध्यक्ष निकिता



चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आफ्नो कार्यकालमा बक्सअफिस लागू गरेरै छाड्ने दाबी गरेकी छिन् । आइतवार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै रातभरी शहरका रेस्टुरेन्टमा बसेर एक महिलालाई कसरी सिध्याउने भन्ने मिटिङ नबस्न चेतावनी दिएकी छिन् ।

उनी लेख्छिन्, ‘म महिला भएका कारण कुनै सहानुभूति चाहन्नँ तर एउटी महिलामाथी आफ्नो न्वारानदेखिको बल लगाएर लागीपरेका दार्इहरु, अंकलहरु, बुबाहरुदेखि दया लागेको छ । चित्त दुखेको छ ।’ आफूले हिन्दी चलचित्रको संरक्षण गरेको भन्ने समाचारको पनि उनले खण्डन गरेकी छिन् ।


‘आफ्नो कार्यकालमा बक्सअफिसको नाम चाहिँ लिने तर गफ मात्र गर्ने, काम चाहिँ नगर्नेको राजनीतिक दौड पनि देख्दैछु । बा बा कत्रो चलखेल । तर म आफ्नो कार्यकाल यस्ता गफ र रेस्टुरेन्टहरुमा रातभर गरिने राजनीतिबाट अलग राख्न चाहन्छु ।’ उनी फेसबुकमा लेख्छिन् ।

सम्पूर्ण कार्ययोजना, त्यसको कार्यान्वयनको खाका र भिजन आफूले नेपाल सरकारलाई स्पष्ट रुपमा बुझाएको र कसैको दबाब, डर, धम्की वा प्रभावमा नपरी आफ्नो काम सम्पन्न गरेरै छाड्ने अठोट लिएको उनको भनाई छ ।

निकिता अगाडि लेख्छिन्, ‘म दिनरात राजनीति गरेर, बेतालका गफ गरेर एक मिनेटपनि समय खेर फाल्न चाहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu