नेपाल आइपुगिन् करिश्मा कपूर



बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमवार बिहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा ओर्लिइन् ।

राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटनका लासग उनी नेपाल आएकी हुन् ।

सोमवार साँझ स्वदेश फर्किन लागेकी उनलाई नेपाली २५ लाख रुपैयाँमा नेपाल ल्याइएको बुझिएको छ । उनी यसैका लागि मुम्बईबाट नेपाल आएकी हुन् । अभिनेत्री करिश्मा यसअघि पनि एक पटक नेपाल आएकी थिइन् ।

उनी बलिउड अभिनेत्री करीना कपूरकी दिदी हुन् । ‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित चलचित्रमा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरुमा अभिनयमा निस्क्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu