सोनम बनिन् आनन्दकी दुलही



अन्ततः बलिउड अभिनेत्री सोनम कपूरले उद्योगपति आनन्द आहूजासँग लगनगाँठो कसेकी छिन् । मंगलवार यी दुईको सि‍ख रीत‍ि-रिवाजबाट विवाह भएको छ ।

यो यस वर्ष बलिउडको सबैभन्दा ठूलो विवाह हो । डार्क बेज रंगको नेहरू कलर शेरवानीमा आनन्दको परफेक्ट ग्रूम स्टाइल देखिएको छ । शेरवानीमा रूबीज बीडि‍ड ग्रूम ज्वेलरीमा आनन्द, दुलहाको अन्दाजमा निकै खास देखिएका छन् ।

विवाह, मुम्बईमा सोनम कपूरको एक आफन्तको घरमा भएको हो । संगीत जस्तै विवाह समारोहमा पनि बलिउडका चर्चित हस्तीहरु उपस्थित भएका थिए । दुलही पहिरनमा सोनम निकै सानदार लुक्समा देखिइन् ।


सोनमको आनन्दसँग बिहान ११ देखि दिउँसो १२ः३० को बीचमा विवाहको सम्पूर्ण प्रक्रिया पूरा भएको हो । आजै साँझ मुम्बईमा रिसेप्शन हुँदैछ । रिसेप्शन मध्यरातसम्म चल्ने भारतीय मिडियाले खबर छापेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu