यसरी गर्‍यो ‘शत्रु गते’ ले ५१ दिनको सेलिव्रेसन (फोटो र भिडियोसहित)



चैत ९ गते रिलिज भएको चलचित्र ‘शत्रु गते’ ले शनिवारबाट प्रदर्शनको ५१ दिन पूरा गरेको छ । प्रदीप भट्टराई निर्देशित यो चलचित्रले ८ वटा हलमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो ।

खबरअनुसार, हालसम्म यस चलचित्रले १२ करोड ग्रस कलेक्सन गरिसकेको छ । आफ्नो चलचित्रले प्रदर्शनको ५१ दिन पूरा गरेको उपलक्ष्यमा ‘शत्रु गते’ टिमले शनिवार इमाडोलमा रहेको इन्द्रेणी ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुसीयाली मनाएको छ ।

५१ औं दिने सेलिव्रेसन कार्यक्रममा निर्माण टिमले कलाकार, प्राविधिक, प्रायोजक, हल सञ्चालक, वितरक, सञ्चारकर्मीलाई मायाको चिनो वितरण गर्‍यो । मह संचारको ब्यानर र किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्र ‘शत्रु गते’ ले ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको खबर छ ।


कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निर्देशक प्रदीप भट्टराई, निर्माता किरण केसी, अभिनेत्री द्वय प्रियंका कार्की र आँचल शर्मालगायत उपस्थित थिए ।

दीपकराज गिरी र दीपाश्री निरौला ‘छक्का पञ्जा ३’ को सुटिङका कारण उपस्थित हुन सकेनन् भने अभिनेता पल शाह राजधानी बाहिर थिए ।


‘शत्रु गते’ को ५१ औं दिने सेलिव्रेसन कार्यक्रममा अभिनेत्री द्वय प्रियंका र आँचलको निकटता गज्जबको देखिएको थियो । दुवैको रंग फरक भएपनि पहिरन शैली उस्तै थियो । कार्यक्रमको सुरुदेखि अन्त्यसम्म यी दुई साथ-साथ नै देखिन्थे । यसअघि यी दुई अभिनेत्री यसरि एकअर्कासँग घुलमिल भएको देखिएको थिएन ।

कार्यक्रममा बोल्ने क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले दर्शकको माया र साथका कारण मात्र ‘शत्रु गते’ ले ५१ औं दिन मनाउन सफल भएकोमा खुसी व्यक्त गरे ।


यस्तै, हरिवंश आचार्यले ५१ औं दिनसम्म पनि ‘शत्रु गते’ ले दर्शकको साथ पाइरहँनु नेपाली चलचित्र क्षेत्रका लागि सुखद कुरा रहेको बताए । निर्देशक भट्टराईले भने सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताए ।

‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu