निर्माता र प्रदर्शकबीच शेयर बाँडफाँडमा सहमती



अन्ततः शेयर बाँडफाँडको विषयमा निर्माता र प्रदर्शकबीच सहमती भएको छ । पटक-पटकको वार्ता पश्चात आइतवार साँझ निर्माता र प्रदर्शनबीच सहमती जुटेको हो ।

दुई संस्थाबीच भएको सहमतीअनुसार अब पहिलो साता निर्माता र प्रदर्शकले ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने भएका छन् ।

यस्तै दोस्रो सातामा निर्माताले ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत शेयर पाउने छन् ।

चौथो हप्तादेखि भने निर्माताको हातमा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत शेयर पाउने सहमती भएको छ ।

निर्माता संघ र चलचित्र संघले संयूक्त रुपमा सोमवार दिउँसो २ बजे राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस विषयमा जानकारी दिने कार्यक्रम तय छ ।


निर्माता संघ र चलचित्र संघबीच दुई सातासम्म हलमा निःशुल्क ट्रेलर बजाउन, पोस्टर, ब्यानर, स्ट्यान्डी राख्ने पाइने पनि सहमती भएको छ ।

निर्माता संघले २०६० साउन २३ गते चलचित्र संघसँग भएको सम्झौता पुनरावलोकन गर्दै आफ्ना माग जेठ १ गतेभित्र पूरा नगरेमा ४ गतेदेखि देशभरका हलमा कुनै पनि भाषाका फिल्म प्रदर्शन हुन नदिइने र त्यसपछि संघर्षका थप कार्यक्रम घोषणा गरि आन्दोलन चर्काउने चेतावनी दिएको थियो ।

२०६० सालमा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा सिनेमा घरको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता/वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मको दरले लिने दिने सहमती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu