कबिर खड्का : ‘स्टार’ बन्ने सम्भावना कति ?



हाल प्रदर्शनरत चलचित्र ‘लम्फू’ बाट अभिनेता कबिर खड्काले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । व्यापार औषत रहेपनि यस चलचित्र लाई दर्शकबाट ‘राम्रो वर्ड अफ माउथ’ मिलेको छ ।

समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने उक्त चलचित्रमा देखाउन खोजिएको छ । गोपालचन्द्र लामिछाने निर्देशित यस चलचित्रलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

यो चलचित्रबाट अभिनेता कबिरले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । ‘लम्फू’ को सबैभन्दा बलियो पक्षमध्ये उनको अभिनय पनि एक हो । चलचित्र हेर्नेले कबिरको खुलेरै तारिफ गरेका छन् । उनको अभिनय र संवाद शैली राम्रो छ । हुनत, उनले सुधार गर्न अझै पनि धेरै बाँकी छ ।


तर, तपार्इले यो चलचित्र हेर्ने एउटा कारण, कबिर पनि हुन सक्छन् । केही मिहिनेत गरेको खण्डमा उनलाई नेपाली चलचित्रले सम्भावना बोकेको नायकको रुपमा हेर्न सक्नेछ । यो चलचित्रमा कबिरको जोडी अभिनेत्री मरिश्का पोखरेलसँग बाँधिएको छ ।

आइतवार राजधानीमा गरिएको ‘लम्फू’ को प्रेस शोमा पनि सञ्चारकर्मीले कबिरको अभिनयको तारिफ गरेका छन् । दर्शकले यो चलचित्रको कथाबस्तु र गीतसंगीतलाई औैधि रुचाएका छन् ।

‘लम्फू’ मा कबिरका अलावा मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu