‘चङ्गा’ को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)



जेठ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसा अभावका कारण पात्रहरुको चौपट दैनिकीलाई प्रस्तुत गरिएको छ ।

कलाकार अंकित खड्का र लक्ष्मी वर्देवाको प्रेममा परिवार बाधक देखिएको छ भने एक सहकारीको अध्यक्षमा निर्वाचित भएका वुद्दि तामाङ पैसाको चक्करमा देखिन्छन् ।

हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित यस चलचित्रमा वुद्दि तामाङ (हैट), कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । हाँस्य जनराको चलचित्रले पारिवारिक तथा सामाजिक कथा बोल्छ ।

चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको चलचित्रमा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको चलचित्रमा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu