प्रहरी हिरासतमा ‘लुट’ निर्माता वाग्ले



नक्कली नोट चल्तीमा ल्याएको भन्दै निर्माता माधव वाग्लेलाई प्रहरीले गिरफ्तार गरेको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ का लागि बनाइएको १ हजारको तीन बण्डल नक्कली नोट फिल्मका केही प्राविधिकहरुले एक रोधी घरमा खर्च गरेपछि यसका निर्मातालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोधी घरबाट प्रहरीमा उजुरी परेपछि बुधवार बिहान निर्माता वाग्लेलाई महाराजगञ्ज प्रहरीले बोलाएको थियो ।

सोधपुछका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर बुधवार दिउँसो काठमाडौं जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ । पुनः बिहीवार उनलाई अदालत सामु उपस्थित गराइने खबर प्राप्त छ ।

अहिले उनलाई प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ । उनले ‘लुट’, ‘लुट २’, ‘लभ सासा’, ‘रेशम फिलिली’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu