‘रोजी’ को मुहर्त, प्रेमिकाको हत्या अभियोगमा अदालतमा उभिए प्रदीप (फोटो र भिडियोसहित)



युवा स्टार प्रदीप खड्काको लिड रोल रहने चलचित्र ‘रोजी’ को छायांकन बुधवार एनएफडिसीमा मुहर्त गरेसँगै सुरु भएको छ । चलचित्रको मुहर्त सटमा प्रदीपले प्रेमिकाको हत्या अभियोगमा अदालतमा उपस्थित भएर आफ्नो बयान दिए ।

हातमा हतकडी, लामो कपाल र नक्कली दाह्री-जुँगामा प्रदीपलाई चिन्न निकै मुश्किल पर्थ्यो । आखिर कनि गरे त उनले प्रेमिकाको हत्या ? अदालत सामु उनी भन्दै थिए, ‘मैले रोजीलाई मारेको होइन । मुक्ति दिएको हुँ ।’ उनले प्रेमिकाको हत्या गर्नुको कारण भने खुलाएनन् । अब यो सस्पेन्स त ‘रोजी’ रिलिजपछि मात्र खुल्नेछ ।

यसमा प्रदीप र परमिताका अलावा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । यस चलचित्रको सुटिङ बालाजुको एनएफडिसी हलबाट सुरु भएको हो ।


प्रदीपले आफ्नो संवाद सकाएपछि पत्रकारको प्रश्नसँग जुध्न अदालतको ड्यासमा प्रदीपकी रिल प्रेमिका परमिता उर्फ रोजी र मिरुना पनि उभिए । परमिताले आफूलाई प्रदीपले हत्या गर्नुको कारण खुलाइनन् तर उनीसँग काम गर्न पाउँदा अत्यन्त खुसी महशुस गरेको बताइन् ।

प्रदीपले यस फिल्मका लागि २५ लाख पारिश्रमिक बुझेको चर्चा छ । पत्रकारले यस विषयमा प्रश्न गर्दा उनले घुमाउरो शैलीमा कुरा मोडे । अभिनेता कर्मा ‘रोजी’ को एक सदस्य बन्न पाएकोमा दंग देखिन्थे । उनले भने, ‘प्रदीप जस्तो सुपरस्टारसँग काम गर्न पाउँदैछु । यो नै मेरो लागि ठूलो कुरा हो ।’


उता मिरुनाले चलचित्रबाट आफू बाहिरिएको खबरको विषयमा असन्तुष्टि व्यक्त गरिन् । उनी भन्छिन्, ‘म सुरुदेखि नै ‘रोजी’ मा थिएँ । बाहिरिएको खबर कसरी आयो म आफैं अचम्मित छु । यस विषयमा कमसे कम मिडियाले मलाई त एकपटक सोध्नु पर्छ ।’ यसअघि उनले ‘लालपूर्जा’ मा अभिनय गरेकी थिइन् ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथामा तयार हुन लागेको चलचित्रको सम्पादन मित्र डि गुरुङले गर्नेछन् ।


अर्जुन पोखरेलको संगीत रहने यस चलचित्रमा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ । यस चलचित्रलाई निरक पौडेलले निर्देशन गर्दैछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu