‘डी सिने अवार्ड’ को सम्मान तथा पुरस्कार घोषणा



जेठ १० गते राष्ट्रिय सभा गृहमा हुन लागेको ‘१० औं डी सिने अवार्ड’ को अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरिएको छ ।

आयोजक संस्था छायाँछवि क्रियशनले ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपालकै पहिलो चलचित्र ‘आमा’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गरिने भएको छ ।


छायाँछवि क्रियशनले यस वर्षको पुरुषतर्फ ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र महिलातर्फ मौसमी मल्ललाई प्रदान गर्ने भएको छ ।

यस्तै, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ श्याम अर्याललाई प्रदान गरिने निर्णय गरिएको छ । अर्याललाई नगद रु १० हजार १० रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu