करोड क्लबमा सरोजको ह्याट्रिक



गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनको स्वर रहेका तीनवटा आधुनिक गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो ।

यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिसकिएको थियो ।

हालै उनको स्वर रहेको ‘जता जता पिरतीको बाटो’ बोलको गीतले पनि युट्युबमा १ करोड भ्यु बटुलेको छ । योसँग गायक ओली नेपाली आधुनिक गीत अन्तर्गत युट्युबमा लगातार तीनवटै गीतमा करोड भ्यु पाउने पहिलो गायक भएका छन् ।

यसअघि कुनै पनि आधुनिक गायकहरुका तीनवटा गीतहरुले लगातार करोड भ्यु पाएका थिएनन् । नेपाली आधुनिक गीतको क्षेत्रमा करोड क्लबमा ह्याट्रिक गरेर सरोज ओलीले नयाँ रेकर्ड बनाएका छन् ।

सरोज ओलीका तीनवटै गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् । साथै, तीनवटै गीत दिनेश थपलियाले लेखेका हुन् । संगीतकार र गीतकारको रुपमा बसन्त सापकोटा र दिनेश थपलियाले पनि आधुनिक गीतको करोड क्लबमा ह्याट्रिक गरेका छन् ।

गायक सरोज ओलीले आफ्नो यी तीनवटै गीतहरु करोड भ्यु पुगेको अवसरमा बिहिवार पत्रकार भेटघाटको आयोजना गरेका थिए । कार्यक्रममा कार्टुन्ज क्रुका सदस्यहरुको उपस्थिती रहेको थियो । ओलीका करोड पुगेका तीन ओटा गीत मध्ये दुईवटा गीतमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको थियो ।

यस्तै, संगीतकार सापकोटा र गीतकार थपलियाको सहकार्यमा गायक ओलीले फेरि नयाँ गीतको घोषणा गरेका छन् । ‘पानी कुवाको’ बोलको नयाँ गीतमा पनि कार्टुन्ज क्रुले नै अभिनय गर्ने पक्का भईसकेको छ ।

‘माछीले खाने खोलीको लेउ’ भिडियो :-

‘जता जता पिरतीको बाटो’ भिडियो :- 

‘तिमीलाई देखेपछि आई लभ यु’ भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu