वृद्धवृद्धा र बालबालिकालाई निर्देशक दीपाको सहयोग



‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ फेम महिला निर्देशक दीपा बस्नेतको संयोजकत्वमा बिहीवार दुई वृद्धाश्रम र विद्यालयमा खाना र खाजा खुवाइएको छ ।

मे १७ ‘आर्ट अफ गिभिङ दिवस’ को अवसरमा दीपालगायतको टिमले सामुहिक रुपमा जम्मा गरेको आर्थिक सहयोगबाट गोल्फुटारमा रहेको दिब्य सेवा निकेतन र तिनकुनेमा रहेको नि: सहाय सेवा सदन आश्रम लिएर बसेका करीब ११५ वृद्धवृद्धालाई भोजन गराइएको छ ।


यस्तै, चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १६५ बालबालिका र अनामनगरमा रहेको श्री रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकालाई एक दिनका लागि दिवा खाजा बाँडिएको निर्देशक बस्नेतले फिल्मीखबरलाई जानकारी दिइन् ।


मे १७ मा विश्वभर ‘आर्ट अफ गिभिङ दिवस’ मनाइएको र विश्वभर गरेर करीब १ करोड असाहय गरिब तथा अनाथहरुलाई भोजन उपलब्ध गराइएको ‘आर्ट अफ गिभिङ दर्शन’ का प्रतिपादक डा.अच्युत सामन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu