आमा बनिन् निशा, अमेरिकामा दिइन् छोरालाई जन्म



अभिनेत्री निशा अधिकारीले शुक्रवार अमेरिकाको एक अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । उनले फेसबुकमा छोराको एक फोटो सेयर गर्दै सो कुराको जानकारी दिएकी हुन् । निशाले छोराको नाम ‘युभन निशारद’ राखेकी छिन् ।

निशा पहिलोपल्ट आमा बनेपछि उनका साथी, कलाकार, तथा समर्थकले खुसी प्रकट गरेका छन् । निशाले परिवारमा नयाँ सदस्य थपिएकामा आफू निकै खुसी भएको बताएकी छन् ।

आफू निर्मित चलचित्र ‘झ्यानाकुटी’ रिलिज लगत्तै उनी अमेरिका उडेकी थिइन् । निशाले क्रिकेटर शरद भेषावकरसँग गएको असार १६ गते लगनगाँठो कसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu