डिग्रीसम्म नि:शुल्क पढ्दै तरकारीवाली



सामाजिक सञ्जालमा ‘तरकारीवाली’ को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई हाल दोस्रो सातामा प्रदर्शनरत चलचित्र ‘लम्फू’ युनिटको सहयोगमा तथा काठमाडौंको मेगा कलेजको सहकार्यमा स्नातकोत्तर तहसम्म निःशुल्क छात्रवृत्ति दिइएको छ ।

हाल कुशुम १२ कक्षाको परिक्षा दिएर बसिरहेकी छिन् । उनले आइतवार बबरमहलमा रहेको मेगा कलेज पुगेर कलेज व्यवस्थापनसँग छलफल र कलेजको अवलोकन गरेकी छन् । उनीसँग ‘लम्फू’ का निर्माता शक्तिबल्दभ घोरासैनी, निर्देशक गोपालचन्द्र लामिछाने र अभिनेता सञ्जित भण्डारी पनि साथमा थिए ।

यसअघि चितवनको रत्ननगरस्थित क्विस्ट मोडलसँगको सहकार्यमा ‘लम्फू’ निर्माण कम्पनी पपुलर मल्टिमीडिया प्रा.ली.ले कक्षा ११ र १२ का लागि छात्रवृति प्रदान गरेको थियो । अब कुशुमले डिग्रीसम्मको अध्ययन मेगा कलेजमा गर्नेछन् ।

निर्माता शक्तिबल्दभ घोरासैनीले आफूहरुले गरेको वाचा अब पूरा गरेको बताए । उनले भने, ‘कुशुमको तश्बिर भाइरल भएपछि हामीले उनलाई अध्ययनमा सहयोग गर्ने जुन वाचा गरेका थियौं अब त्यो पूरा गरेका छौं । हामीले अब मेगा कलेजलाई कुशुमको बाँकी अध्ययनको अभिभारा सुम्पिएका छौं ।’

तरकारीवाली कुशुमलाई कलेजका अध्यक्षसहित शिक्षकहरुले स्वागत गर्दै कलेजको भम्रण गराएका छन् । कुशुमले मेगा कलेजमा अध्ययन गर्न पाउँदा अत्यन्त खुसी भएको बताइन् । उनले भनिन्, ‘अहिले मेरो प्राथमिकता भनेकै अध्ययन हो । राम्रो कलेजमा पढ्न पाउँदैछु । उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु ।’


‘लम्फू’ का निर्देशक लामिछाने र अभिनेता भण्डारीले तरकारीवालीलाई डिग्रीसम्मको अध्ययन नि:शुल्क गर्न सहयोग गरेकोमा कलेज व्यवस्थापनलाई धन्यवाद दिए । कुशुमले हाल प्रदर्शनरत चलचित्र ‘लम्फू’ मा पनि अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu