नेपाली उत्पादन प्रयोग बढायौं : प्रदीप खड्का



युवा स्टार प्रदीप खड्काले शनिवार काठमाडौंको दरबारमार्गस्थित ‘नोभेम्बर जिन्स नेपाल’ को पहिलो सोरुमको उद्घाटन गर्दैै नेपाली उत्पादन प्रयोग बढाउन आग्रह गरेका छन् । उनी यो ब्रान्डका ‘ब्राण्ड एम्बेसडर’ हुन् ।

उनले नोभेम्बरका कपडाकोे क्वालिटी राम्रो लागेका कारण आफू यसको ब्रान्ड एम्बेसडर भएको बताए । उनले चलचित्र ‘प्रेमगीत २’ र ‘लिलिबिली’ मा नोभेम्बरका मात्र फेसन प्रयोग गरेका थिए ।


उनी भन्छन्, ‘बिदेशी ब्रान्डभन्दा धेरै राम्रो र सस्तोमा नेपाली ब्रान्डका कपडा तयार हुने हुँदा म नोभेम्बरका मात्र कपडा प्रयोग गर्छु र यसको ब्रान्ड एम्बेसडर पनि बनेको हुँ ।’ उनले आफ्ना हरेक चलचित्रमा नोभेम्बरका कपडाहरुलाई महत्व दिने पनि बताए ।

नोभेम्बर जिन्स नेपाल ले पुरुषका लागि सबै प्रकारका फेसन नेपालमै उत्पादन गरेर मुलुकका १३० वटा स्टोर र भारतका विभिन्न सहरमा पाँच वर्षदेखि बिक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu