निर्माता वाग्लेबाट बरामद नोट ‘नक्कली’ भएको प्रमाणित



‘लुट’ जस्तो सफल चलचित्रका निर्माता माधव वाग्लेको साथबाट बरामद भएको २ करोड ५२ लाखको नोट ‘नक्कली’ भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । काठमाडौं प्रहरी परिसरले वाग्लेको साथबाट बरामद भएको नोट नक्कली वा सक्कली हो भन्ने पुष्टि गर्न राष्ट्र बैंकलाई पत्र काटेको थियो ।

उक्त नोट ‘जाली’ रहेको पुष्टि गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

गएको बुधवार वाग्लेको प्रिन्सेस मुभिजको कार्यालयबाट प्रहरीले बोरा र कार्टुनभित्र राखिएका करोडौं रुपैयाँबराबरका नक्कली नोट बरामद गरेको थियो ।

तश्बिर : पहिलोपोस्ट

उनले आफू निर्मित नयाँ चलचित्र ‘चङ्गा चेट’ को प्रयोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको थियो ।

महेन्द्र बोगटीले गोंगबुको मित्रनगरस्थित एक खाजाघरमा खाजा खाएको पैसा तिर्दा हजारका दुई नोट दिएका थिए । उक्त नोट ‘जाली’ रहेको शंका लागेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । र, प्रहरी अनुसन्धान गर्दै निर्माता वाग्लेको कार्यालयसम्म पुगेको थियो । अनुसन्धानको क्रममा प्रहरीले कूल दुई करोड ६० लाख ६३ हजार नक्कली नोट बरामद गरेको थियो ।

अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलअन्तर्गत बिगो बराबर (बरामद नक्कली नोट बराबरको रकम) जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu