राष्ट्रकविको अवस्था बुझ्न अस्पताल पुगे हमाल



अभिनेता राजेश हमालले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएका कारण घिमिरेलाई करीब एक साता अगाडि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल पुगेर अभिनेता हमालले राष्ट्रकविको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । हमाल मंगलवार साँझ अस्पताल पुगेका थिए ।

अभिनेता हमालले आफ्नोे फेसबुकमा अस्पतालमा राष्ट्रकविसँग भेट गरेको तश्बिर शेयर गर्दै ‘शिघ्र स्वास्थ्य लाभको कामना’ लेखेका छन् । हमाल र कवि घिमिरे छिमेकी समेत हुन् । दुवै कपुरधाराका स्थानिय बासिन्दा हुन् ।

बुधवार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा.शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu