‘डी सिने अवार्ड’ मा अनमोल र नीता उत्कृष्ट



बिहीवार राजधानीकोे राष्ट्रिय सभा गृहमा सम्पन्न भएको ‘दशौं डी सिने अवार्ड’ मा अभिनेता तर्फ ‘कृ’ बाट अनमोल केसी उत्कृष्ट नायक घोषित भए भने चलचित्र ‘पञ्चायत’ बाट नायिका नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भईन् । चलचित्र ‘कृ’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ ।

अवार्डमा ‘लिलिबिली’ बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दा ‘छक्का पञ्जा २’ पपुलर फिल्म घोषित भयो । अवार्ड समारोहमा कलाकार बसुन्धरा भुषाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’ बाट सम्मानित गरियो ।

नायिका मौसम मल्ल र निर्माता तथा वितरक नरेन्द्र महर्जनलाई कार्यक्रममा रजत सम्मान प्रदान गरिएको थियो । यस्तै, ‘चलचित्र पत्रकारिता पुरस्कार’ श्याम अर्याललाई प्रदान गरियो ।


क्रिटिक्स अवार्ड अन्तर्गत ‘दशौं डी सिने अवार्ड’ मा ‘पपुलर च्वाइस अवार्ड’ ‘शत्रु गते’ लाई प्रदान गरियो भने ‘मंगलम’ बाट अभिनेतामा पुष्प खड्का र सोही फिल्मबाट निर्देशकमा नवल नेपालले अवार्ड उचाले ।

प्रोत्साहन पुरस्कार फिल्म ‘संरक्षण’ बाट पुर्णेन्दु झालाई प्रदान गरिँदा ‘ब्लाइन्ड रक्स’ ले जुरी अवार्ड जित्यो ।

अनमोल केसी, भुवन केसी, रमेश उप्रेती, रेजिना उप्रेती, झरना थापा, प्रशान्त ताम्राकार, पुष्प खड्का, नीता ढुंगानालगायतका कलाकारहरु अवार्ड कार्यक्रममा उपस्थित थिए ।

अवार्ड जित्नेको नामावली :-

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २

उत्कृष्ट नव-निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २

फिल्मः ब्लाइन्ड रक्स (चाम्स इन्टरटेन्मेन्ट)
अभिनेताः पुष्प खड्का (मंगलम)
निर्देशक: नवल नेपाल (मंगलम)
पपुलर च्वाइस अवार्ड: (शत्रुगते)
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, संरक्षण

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu