सलोन र आमेशले कलाकार छान्दै, ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ हुने



काठमाण्डौ। यूवा कलाकारहरुको टीमले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भएका छन् । नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी लगायतको टीमले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै देशभरका प्रतिभालाई नेपाली चलचित्र क्षेत्रमा बिशेष अवसर दिने भएका हुन् ।

यसअघि ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को टीममा सलोन र आमेशको साथमा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा-युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने नायक बस्नेतले बताए ।

यहि असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला भईसकेको छ । काठमाण्डौ उपत्यकाबाट शुरु हुने प्रतियोगिता देशभरका आठ शहरमा हुने बताईएको छ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।

आठ वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।

काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।

प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Empror <space> Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, आठवटै शहरका विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu