फेरि सलमानको नेपाल भ्रमण स्थगित



बलिउड सुपरस्टार सलमान खानको नेपाल भ्रमण दोस्रो पटक पनि स्थगित भएको छ । उनी जेठ १२ गते टुँडिखेलमा हुने ‘दबंग : द टुर नेपाल’ का लागि नेपाल आउने कार्यक्रम तय थियो ।

नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको र चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसीले फागुन २६ गतेको ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।


‘रेस ३’ रिलिजको संघारमा, ‘दशका दम’ को धमाधम चलिरहेको सुटिङ र चाँडै ‘भारत’ चलचित्रको सुटिङ सुरु हुन लागेका कारण सलमान नेपाल आउन नसकेको खबर प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu