चलचित्र र संगीत विधामा जापानमा ‘सूर्य अवार्ड’ हुने



इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनले जापानको टोकियोमा ‘सूर्य इन्ट​र​नेश​न​ल​ अवार्ड’​ आयोज​ना गर्ने भएको छ ।

लामो समयदेखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले डान्स​, कमेडी, गाय​न​ र​ अभिन​य​ विधामा र​हेर​ अवार्ड​ बाढ्न लागेको हो । जापानको​ टोकियोमा अहिलेसम्मकै विशाल साँस्कृतिक कार्यक्रमका बीच अवार्ड हुने आयोज​क संस्थाका बासु देव​ लामिछानेले बताए ।


अवार्डमा नेपालबाट नयाँ तथा पुराना कलाकारहरु टोकियोको एउटै स्टेजमा ज​म​घ​ट​ हुनेछ​न् । खबरअनुसार, ‘सूर्य इन्टरनेशनल अवार्ड’ पपुलर अवार्ड अन्तर्गतको अवार्ड हो । अवार्ड​मा नेपाली चलचित्र र संगीत दुबै विधामा नामिनेशन छनौट गरि अवार्ड वितरण गरिनेछ ।

चलचित्र र संगीत गरि जम्मा १२ विधामा उत्कृष्ट ५ नोमिनेशन रहने र अनलाइन भोटिङको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनार्इ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा अवार्ड​ ग​रिने लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu