जाजरकोटमा यसरी हुँदैछ ‘मालिका’को गीत छायांकन



काठमाण्डौ। नायिका रेखा थापा आफ्नो नयाँ चलचित्र ‘मालिका’ छायांकनका लागि जाजरकोट पुगेकी छन् । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा चलचित्रको गीतको छायांकन भईरहेको छ ।

काठमाण्डौबाट छायांकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने रेखाको भनाई छ ।

जाजरकोट जिल्लाको स्थानीय भेष–भुषा र सँस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकन गरिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरस रहेको बताईएको छ ।

सुरेश अधिकारीको संगीत रहेको लोक लयको उक्त गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । ‘मालिका’ महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको रेखाले बताएकी छिन् ।

‘मालिका’मा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu