प्रदीपको नयाँ चलचित्रको नाम ‘लभ स्टेशन’, हिरोइनमा जसिता



अन्ततः युवा स्टार प्रदीप खड्का र निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्ने चलचित्रको नाम तय भएको छ । उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्रको नाम ‘लभ स्टेशन’ राखिएको छ ।

प्रदीप खड्काको लिड रोल रहने यसमा ‘लिलिबिली’ फेम अभिनेत्री जसिता गुरुङ प्रमुख भूमिकामा अनुबन्ध भएकी छन् । स्रोतका अनुसार, अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको छ । यसमा तीन अभिनेत्रीको लिड रोल रहने खबर प्राप्त छ ।


जसितासँग प्रदीप दोस्रो पटक काम गर्दैछन् । यसअघि यो कपलले गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मा सँगै काम गरेका थिए । चलचित्रको रिलिज डेट फागुन २४ लाई पक्का गरिएको छ ।

प्रदीप अहिले गोपीकृष्ण ब्यानरको चलचित्र ‘रोजी’ मा व्यस्त छन् । यस फिल्मको सुटिङ सकिए लगत्तै ‘लभ स्टेशन’ को छायांकन सुरु हुनेछ । अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम भइरहेको छ ।

गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा.लि.बाट यो चलचित्र निर्माण हुनेछ । प्रदीपले यसअघि ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक चलचित्र निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu