‘कोहलपुर एक्सप्रेस’ अब अष्ट्रेलियामा प्रदर्शन हुने



गएको बैशाख १४ गतेबाट प्रदर्शनमा आएको अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । ‘राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सी’ ले यो चलचित्रको अस्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको हो ।

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यस विषयमा जानकारी गराइयो । कार्यक्रममा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, निर्देशक बिशाल भण्डारी, कन्सल्टेन्सीको तर्फबाट पी.आर.अधिकारी, प्रतित खड्का, सुरज बस्नेतलगायतको उपस्थिति थियो ।


यसअघि यस कन्सल्टेन्सीले केकी अभिनित चलचित्र ‘लभ सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । नेपाली चलचित्रको बजार बिस्तारका लागि राईट एण्ड एसोसियट्स अझै लागीपर्ने संस्थाका निर्देशक अधिकारीले बताए ।

केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu