स्कटल्याण्डकी चर्चित डिजे डेक्सी नेपाल आउँदै



स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’ मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् ।

यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ कार्यक्रम देशको १० प्रमुख शहरमा आयोजना हुनेछ । जसका लागि उनी बुधबार साँझ नेपाल आइपुगेकी छन् । यो उनको पहिलो नेपाल टुर हो । बिश्वका उत्कृष्ट डिजेहरु मध्य टप ५० भित्र डेक्सीलाई नेपाल भित्र्याउने काम मेड्ली इभेन्ट मिडिया प्रालीले गरेको हो ।

राष्ट्रिय तथा अन्टराष्ट्रिय प्रर्यटन प्रवद्धन गर्ने उदेश्य सहित आयोजना हुन लागेको ‘सान मिगेल वेट फेष्ट २०१८’मा नेपालकै सेक्सी डिजे जेनी, पुलपाटीको राज भनेर चिनिएका डिजे प्रज्वल र चर्चित गायक तथा र्यापर मानस घलेको समेत प्रस्तुति रहने आयोजक मेड्ली मिडियाका प्रवन्ध निर्देशक सुमित सिग्देलले बताए ।

‘सान मिगेल वेट फेष्ट २०१८’ २५ गते शुक्रबार देखि विर्तामोडबाट सुरु हुँदैछ । बितामोडपछि २८ गते इटहरी, असार १ गते हेटौडा, २ गते चितवन, ४ गते नेपालगञ्ज, ५ गते भैरहवा, ८ गते बुटवल, ९ गते पोखरा हुँदै असार ३० गते काठमाडौमा आएर सकिने ब्यवस्थापन तथा संयोजन जिम्बेवारी लिएको नेस्क्ट मोडल नेपालका सिइयो रबि धमलाले जानकारी दिए ।

नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट डिजेहरुले दर्शक तथा श्रोता नचाउँने कार्यक्रम अभिनेत्री तथा भिजे संध्या केसीले होस्ट गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu