चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन



कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास टिकाथलीमा रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।


अस्पताल पुर्‍याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो ।

२ वर्ष अगाडि चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका बोगटी ‘स्वाभिमान’ र ‘माया गर ल’ चलचित्रका निर्माता समेत हुन् । उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu