वर्षा शिवाकोटी ‘गंगा रानी’मा अनुबन्धित, ८ नयाँ कलाकारको माग



काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’ मा अनुबन्धित भएकी छन्। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै उनलाई ‘रानी’ को भूमिकामा स्वागत गरेको छ। सार्वजनिक पोस्टरमा वर्षा रातो पहिरनमा प्रस्तुत भएकी छन् भने अग्रभागमा एक अज्ञात युवकको कालो छायाँ र पृष्ठभूमिमा पुराना घरहरू देखाइएको छ।

आहा फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता कमलप्रसाद शर्मा हुन्। कथा लेखन तथा निर्देशन राजबहादुर सानेले गर्नेछन्। निर्देशक सानेका अनुसार चलचित्रको छायांकन आगामी भदौ दोस्रो साताबाट सुरु हुनेछ।

यसैगरी, निर्माण पक्षले कास्टिङ कलमार्फत मुख्य पात्रका लागि थप ८ जना नयाँ कलाकार माग गरेको छ। जसमा २० देखि ४० वर्ष उमेर समूहका ४ जना पुरुष र १८ देखि ३५ वर्ष उमेर समूहका ४ जना महिला कलाकारको माग गरिएको छ। इच्छुक व्यक्तिले आगामी जेठ २० गतेभित्र आफ्नो परिचय भिडियो वा पोर्टफोलियो निर्माण कम्पनीको इमेल ([email protected]) मा पठाउन सक्नेछन्।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘वृन्दावन’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन्। उनको निर्देशनमा तयार भएको अर्को चलचित्र ‘लज्जावती’ प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu