‘हरितारा चलचित्र पुरस्कार’ लय र रेखालाई



यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापालाई प्रदान गरिने भएको छ । पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यो निर्णय गरेकोे हो ।


झन्डै दुई दशकदेखि निर्देशक संग्रौला र अभिनेत्री थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको अथक योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ । यस्तै, उत्तम केसी र विजय रत्न तुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ । रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई ‘परिवर्तन सम्मान २०७५’ बाट सम्मान गरिने समेत निर्णय गरिएको बिज्ञप्तीमा उल्लेख छ । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu