अनुपले गरे ‘क्याप्सूल नाइन’ को ‘न्यू आउट लेट’ को उद्घाटन



अभिनेता अनुपविक्रम शाहीले सिभिल मलमा सञ्चालनमा आएको ‘क्याप्सूल नाइन’ को ‘न्यू आउट लेट’ को उद्घाटन गरेका छन् । उनी ‘क्याप्सूल नाइन’ का ब्राण्ड एम्बेसडर हुन् ।

सिभिल मलको तेश्रो तल्लामा खुलेको उक्त आउट लेटमा ‘क्याप्सूल नाइन’ ब्राण्डसँग सम्बन्धित सबैजसो लुगाहरु उपलब्ध हुने ब्राण्डका प्रवन्ध निर्देशक विनोद ढकालले जानकारी दिए ।


उद्घाटनपछि अनुपले भारत र चीनबाट समेत प्रोडक्ट हुने प्रसिद्ध नेपाली ब्राण्डसँग आफू जोडिन पाउनु खुशीको कुरा रहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरसम्म मार्केट बढाउँदै लगेका नेपाली प्रोडक्टहरुमा कलाकारहरुलाई स्थान दिँदै जानु सुखद कुरा रहेको बोले ।

उनले स्वदेशी ब्राण्डलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन् । निर्देशक ढकालले नेपालसँगै अब छिट्टै नै भारतका विभिन्न शहरहरुमा ‘क्याप्सूल नाइन’ ले आफ्नो बजार बिस्तार गर्न लागेको जानकारी गराउँदै अन्य एशियन देशहरुमा समेत तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu