‘गुनगुन’ हटाएको विषयमा अष्ट नारायणको यस्तो जवाफ



शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री संचिता लुइँटेल स्टारर चलचित्र ‘गुनगुन’ अष्ट नारायण हलले विना जानकारी शनिबार हटाएपछि निर्माता र हल सञ्चालकबीच जुहारी चलेको छ । निर्माता कारवाहीसहित क्षतीपूर्तीको माग गरिरहेका छन् भने हल सञ्चालकले दर्शक नै नभएपछि चलचित्र हटाएको बताएका छन् ।


आइतबार निर्माता तथा निर्देशक पुकार भट्टराईले क्षतीपूतीसहित हल सञ्चालकलाई कारवाही गर्न माग गर्दै चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका थिए । निर्माताको चलचित्र निर्माण र प्रदर्शन गर्ने हक-अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न पत्रमा भनिएको छ ।


चलचित्र हटाएको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि अष्ट नारायण पिक्चर्सले एक विज्ञप्ती जारी गर्दै यस विषयमा आफ्नो बयान दिएको छ । हल सञ्चालक मध्येका सोहित मानन्धरद्वारा जारी विज्ञप्तीमा दर्शक नै नभएपछि फिल्म हटाइएको उल्लेख छ । ‘बिहानी शोमा दर्शक नभएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना दर्शक भएपछि चलचित्र हटाइएको हो’, विज्ञप्तीमा भनिएको छ ।

सोहितका अनुसार, २५ प्रतिशत अकुपेन्सी नभए चलचित्र हटाउन पाउने अधिकार हल सञ्चालकलाई हुन्छ । बालाजुमा रहेको अष्ट नारायण हलबाट निर्माताले सर्वाधिक शेयर हात पार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu