नेहा कक्कडले ठमेलको एलओडी तताउने



बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्ष्ँमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।

आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार कन्सर्टमा षसउका कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समुहले नेहा कक्कड लाइभमा आफ्नो शानदार प्रस्तुती दिनेछ । ढुंगेलका अनुसार नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहने छ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu