कति पायो मल्टीप्लेक्समा आर्यन र मिरुनाको ‘च च हुई’ ले सोज ?



भोली शुक्रबारबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले रोमान्स गरेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् । हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । यो चलचित्रको बुधबार दिउँसोबाट मल्टीप्लेक्सहरुले एडभान्स बुकिङ खुलाएका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा ‘च च हुई’ ले १३ सोजमा उपस्थिति जनाएको छ । त्यस्तै, बिग मुभिज, विएसआर मुभिज र एफक्यूबमा चलचित्रले समान्तर २/२ सोज पाउँदा क्यूज सिनेमाज् र वान सिनेमाज्ले समान्तार १/१ सोज बाँडेका छन् । भने, सिडिसी सिनेमाज्मा फिल्मलाई ३ सोज मिलेको छ ।

भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय रहेको चलचित्रका सम्पादक भुटिया स्वयं हुन् भने निर्माता अमृत घोले हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ । यो चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu