अशोक र सृष्टिको रोमान्टिक अवतार: चलचित्र ‘कुम्भ’ को नयाँ गीत ‘स्पर्श’ दर्शकमाझ



काठमाडौं – यही जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ। गीतमा गायक मनिष शाहीको स्वर छ भने डीजे एएनको सङ्गीत सुन्न सकिन्छ। गीतका शब्दहरू चलचित्रकै लेखक तथा निर्देशक रन्धिर श्रेष्ठ स्वयंले कोरेका हुन्।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय अशोक आर्यन र सृष्टि खड्कालाई आकर्षक अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूबीचको रोमान्टिक केमेस्ट्री, प्रेमको मिठास र गहिरो भावनात्मक सम्बन्धलाई भिडियोमा कलात्मक ढङ्गले बुनिएको छ।

आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ मूलतः एक्सन र सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। यस चलचित्रमा अशोक र सृष्टिका अलावा अभिनेता सुनील थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा र मुन्ना सर्राफलगायतका थुप्रै कलाकारहरूको बलियो अभिनय रहेको छ।

यस प्रोजेक्टमा रन्धिर श्रेष्ठले सिनेमाको लेखन, निर्देशन, छायांकन तथा सम्पादनको सम्पूर्ण प्राविधिक जिम्मेवारी एक्लैले सम्हालेका छन्। चलचित्रको अर्को प्रमुख आकर्षण यसको एक्सन दृश्यलाई मानिएको छ, जसलाई जीवन्त बनाउन सम्राट बस्नेत, भारतका प्रदीप खड्का, सञ्जय थापा र कुमार महर्जन जस्ता अनुभवी एक्सन निर्देशकहरूले सहकार्य गरेका छन्। त्यसैगरी, चलचित्रमा समावेश नृत्यको कोरियोग्राफी भने रोबर्ट सिंहले तयार पारेका हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu