प्रदर्शनमा आयो ‘च च हुई’



एक समय ‘नम्बर वान’ नायकको पगरी गुथेका आर्यन सिग्देलले अभिनेत्री मिरुना मगरसँग रोमान्स गरेको चलचित्र ‘च च हुई’ शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ । साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा बनेको चलचित्रमा आर्यनले प्रेमको भूमिका निर्वाह गरेका छन् ।

रोमान्टिक कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा आर्यन र मिरुनाका साथमा भोलाराज सापकोटा, माओत्से गुरुङलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायांकन रहेको छ।

अभिनेता आर्यन सिग्देलले फिल्ममा आफ्नो भूमिकालाई दर्शकले मन पराउने विश्वास गरेका छन् । चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घले लामाले निर्माण गरेका हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई चलचित्रमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu