कोशिश र किरणको ‘माया पिरिम’ ट्रेलर रिलिज (भिडियो)



मंसिर २० गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राई निर्देशित चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका प्रमुख अभिनेता कोशिश क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेममा आउने उतारचढाव देखाइएको छ । ट्रेलरमा कमेडी र एक्सनको डोज पनि छ ।

चलचित्रमा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ । चलचित्रको ‘फोटो खिचेर’ गीतमा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले ठुम्का लगाएका छन् । दुईको चलचित्रमा भने अभिनय छैन । चलचित्रको कथा सविन अधिकारीले लेखेका हुन् । उनी चलचित्रका निर्माता पनि हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता कोशिशले चलचित्रमा आफूले निर्वाहा गरेको भूमिकालाई लिएर उत्साहित रहेको बताए । चलचित्रको कथावस्तु राम्रो रहेको बताउँदै उनले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । त्यस्तै, अभिनेत्री किरणले आफ्नो डेब्यू चलचित्र भएका कारण दर्शकको साथ र सहयोगको अपेक्षा राखेको बताइन् । उनी एक थिएटर आर्टिस्ट हुन् ।

सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । प्रविन थापा र सविन अधिकारी चलचित्रका निर्माता हुन् । यो चलचित्रलाई निरज कँडेलले खिचेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व छ । यसअघि ‘मट्टीमाला’ निर्देशन गरेका राई ‘माया पिरिम’ लाई प्याकेजको चलचित्र भन्न रुचाउँछन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu