पद्मश्री विजेता निरञ्जनको काठमाडौंमा ‘मास्टर क्लास’



काठमाडौंको ठमेलमा रहेको ‘छाँया सेन्टर’ मा आइतबारबाट तीन दिने ‘मास्टर क्लास’ सुरु भएको छ । कार्यशालामा इन्डियन माइम थिएटरका निदेशक तथा पद्मश्री विजेता निरञ्जन गोस्वामीले अभिनयको प्रशिक्षण दिइरहेका छन् । छाँया सेन्टर र इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनबीचको सहकार्यमा आयोजनामा यो कार्यशाला भएको हो ।

नोभेम्बर २४ देखि २६ तारिखसम्म चल्ने कार्यशाला सहभागीहरुका लागि मुल्यवान रहने इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनका अध्यक्ष तथा चलचित्र निर्देशक विशारद बस्नेतले विश्वास व्यक्त गरे । केही चलचित्रमा अभिनय समेत गरिसकेका उनले भारतको मुम्बईमा माइम गुरूको रुपमा प्रसिद्ध निरञ्जन गोस्वामीबाटै अभिनयको प्रशिक्षण लिएका थिए ।

इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनले नेपालसँगै दुनियाँभरका दिग्गज शिक्षकसँग यस प्रकारको कार्यशाला गर्न चाहेको विशारदको भनाई छ । निरञ्जन गोस्वामीले कार्यशालामा सहभागीहरुलाई आफ्नो अनुभव र अभिनयको बारेमा ज्ञान बाड्नेछन् । ‘मास्टर क्लास’ मा एक दर्जनभन्दा बढीको संख्यामा प्रशिक्षार्थीहरु सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu