‘नालापानी’ फिल्मले इतिहास बिर्सन दिँदैन: प्रधान सेनापति



काठमाण्डौ। ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को हालै एक बिशेष प्रदर्शनी भएको छ । नेपाली सेनाको मूख्यालयमा भएमो प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले चलचित्र हेरेका छन् ।

प्रधान सेनापति थापाले यो चलचित्र हेरेपछि आफु वि.सं. २०३८ साल तिर पुगेको महशुस भएको बताए । आँखा झिमिक्क नगरिकिन हेर्न सकिने चलचित्र भएको भन्दै उनले ‘नालापानी’ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । ‘हामीले आफ्नो इतिहासलाई बिर्स्यौँ भने हामीले हाम्रो राष्ट्रलाई पनि बिर्सन्छौँ । यो चलचित्रले हामीलाई इतिहास बिर्सन दिँदैन । राष्ट्रको रक्षाको लागि सेनाले मात्र नभएर सेना र जनता दुवैले सहकार्य गर्यो भने असम्भव केहि पनि छैन । युद्द जित्नलाई हतियारले सहयोग गर्छ तर युद्द जित्न बिना रणनिती हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’मा देखिन्छ’, थापाले भने, ‘नालापानीले हामी कहिल्यै कमजोर थिएनौँ भन्ने देखाउँछ । ‘नालापानी’ले नेपाली सेनामा वीररस थप्छ । आगामी दिनमा पनि यो चलचित्रको लागि नेपाली सेनाबाट अझै सहयोग हुनेछ’ ।

बिशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं ३०० जना बढि नेपाली सेनाका अधिाकारीहरुले एकसाथ उपस्थित थिए ।

भिएफएक्सको अधिक प्रयोग भएको चलचित्र ‘नालापानी’ को टिजर केहि समय पहुले रिलीज भएको थियो जसलाई निकै रुचाईएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सि., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित रहि ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । ‘नालापानी’को परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारीले गरेका छन् । नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लले गरेका छन् भने बसन्त खत्री मगरले भिएफएक्स गरेका छन् । चलचित्रमा सह-निर्माता पुजना प्रधान र गणेश कार्की रहेका छन् । कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको यस चलचित्रका एशोसियट निर्माता मनोज शाक्य हुन् ।

‘नालापानी’को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । रिलीज मिति तोक्ने तयारीमा रहेको निर्देशक अधिकारीले बताएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu