‘साङ्लो’ गीतमा निकितासँग विराजको छमछमी (भिडियो)



अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् ।

लोक शैलीमा तयार पारिएको गीतको अडियो र भिडियो दुबै राम्रो छ । तर, गीतमा मेकिङ क्वालिटी देखिन्न । यद्यपि, विराज र निकिताको केमेस्ट्री भने सुहाएको देखिन्छ । निकिताको ‘साङ्लो’ डेब्यू चलचित्र भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता छ । गीतमा उनको एक्सप्रेसन र हाउभाउले चलचित्रमा पनि राम्रो अभिनय गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन जनराको यो चलचित्रको हाइप यस गीतले निर्माण गर्नेमा निर्माण टिम आशावादी छ । गीतको अन्तिममा विराज टपलेस अवतारमा देखिएका छन् । जसले दर्शकमा चलचित्रप्रति झनै कौतुहलता जागृत गर्ने देखिन्छ । यो चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले चलचित्र ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा विराज र निकिताका अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu