एक्सन जनरामा निर्मित चलचित्र ‘सरौतो’ र प्रेमकथा वाचन गर्ने चलचित्र ‘लभ यू हमेशा’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएका छन् । हरि हुमागाईंको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सरौतो’ मा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रमा उनले फरक क्षमता भएकी युवतीको भूमिका निभाएकी छन् । उत्तम हुमागाईंले चलचित्र खिचेका हुन् ।
बदलाको कथामा निर्मित चलचित्रमा सुमीका अलावा सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको अभिनय छ । यो चलचित्रका लागि अभिनेत्री सुमीले डेढ वर्ष मार्सल आर्ट तालिम र सात महिना सांकेतिक भाषा सिकेकी थिइन् । चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्मित फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र राजनराज सिवाकोटी/पुष्पन प्रधान/कमल खत्रीको संगीत छ । यो चलचित्रले खडेरी लागेको नेपाली चलचित्रको व्यापार चलायनमान बनाउने अपेक्षा लिइएको छ ।
‘लभ यू हमेशा’ लाई भने भाष्कर प्रधानले निर्देशन गरेका हुन् । चलचित्रमा यशराज गरच र ऋचा थापा प्रमुख भूमिकामा छन् । दुईका अलावा चलचित्रमा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल ९छन्दे०, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुतिमा चलचित्र बनेको हो । मिलन गुरुङ चलचित्रका सह(निर्माता हुन् ।




