‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स २५ लाखमा बिक्री



कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स महँगो मुल्यमा बिक्री भएको छ । हाल छैठौं हप्तामा प्रदर्शनरत यो चलचित्रको आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरे (माइकल) ले २५ लाखमा अमेरिका राइट्स खरिद गरेका छन् । शुक्रबार निर्माता किरण नेपालले आत्रेय प्रोडक्सनलाई चलचित्रको अमेरिका राइट्स बिक्री गरेका हुन् ।

अमेरिकामा ठूलो माग भएका कारण चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको वितरक घिमिरेले बताए । त्यस्तै, निर्माता नेपालीले ‘पोइ पर्‍यो काले’ को अहिले विदेशमा निकै राम्रो माग रहेको भन्दै खुसी व्यक्त गरे । राम्रो चलचित्र बनाएको खण्डमा लगानी उठाउन गाह्रो नहुने उनको भनाई छ । घरेलु बजारबाटै आफ्नो लगानी सुरक्षित भएको बताउँदै उनले चाँडै नयाँ चलचित्र घोषणा गर्ने बताए ।

शिशिर राणा निर्देशित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ । तिहारको विदामा प्रदर्शनमा आएका कारण चलचित्रले राम्रो व्यापार गर्न सफल भएको थियो । तर, समीक्षकको नजरमा कमजोर साबित भएको चलचित्रलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu