अभिनेता सविन श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘सूर्य किरण’ यही मंसिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । अमिर दोङको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा अभिनेता सविन केन्द्रिय भूमिकामा छन् ।
मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । ‘सूर्य किरण’ मा अभिनेत्री केकी अधिकारी र निर्देशक अमिर दोङ अतिथी भूमिकामा प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा उनीहरुलाई पनि स्थान दिइएको छ ।

तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन् ।
चलचित्रमा अर्जुन थापाको सम्पादन, अभिषेक माझी/विक्रम मोक्तानको छायांकन, विशाल काल्ताङ/जोगलाल लामाको संगीत, दीपक तामाङ/अजय स्याङतानको नृत्य र राजु दोङ तामाङको द्वन्द्व छ ।




