‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका अभिनेता दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग हुनु पर्ने बताएका छन् । तर, आफू भने कामको व्यस्तताका कारण स्वास्थ्यमा खासै सजगत अपनाउन नसकेको बताउँछ । उनले आफू ब्रान्ड एम्बेसडर रहेको ‘डबल सी’ स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहने पनि बताए ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उत्पादनको बारेमा बोल्दै उनले भने, ‘हामीले कार्य व्यस्तताका कारण शरीरलाई चाहिने भिटामिन सी पाइरहेका हुँदैनौं, जसलाई केही हदसम्म यसले पुरा गर्नेछ,’ उनले भने, ‘यसको टेस्ट पनि राम्रो छ । अन्य पिय पदार्थको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मद्दत गर्छ ।’

सम्पूर्ण कुरा बुझेको मात्र आफू ‘डबल सी’ को ब्रान्ड एम्बेसडरमा नियुक्त भएको उनले बताए । ‘मैले यसको फाइदा तथा बेफाइदाबारे बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ,’ उनले भने । यसको ब्राण्ड प्रवद्र्धनमा अभिनेत्री वर्षा सिवाकोटीले पनि सघाउने छिन् । बर्षाले ‘डबल सी’ को स्वाद अन्य पिय पदार्थझैँ भएकाले सबैलाई मनपर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा जुसलाई सम्पूर्ण परीक्षण पश्चात नेपाल भित्राइएको जानकारी गराइयो । यो जुस सोमबारबाट नेपाली बजारमा उपलब्ध हुनेछ । लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मूल्य एक सय रुपैयाँ रहेको छ । कार्यक्रममा दया र वर्षाले जुसको पहिलो घुम्टो समेत खोलेका थिए ।




