नीतालाई बेहुली हुने रहर



आफ्ना समकक्षी अभिनेत्रीहरुले धमाधम घरजम बसाउँदै गर्दा अभिनेत्री नीता ढुंगानालाई पनि बेहुली हुने रहर जागेको छ । फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजताका अभिनेता आमेश भण्डारीको प्रेममा रहेकी उनी अहिले एक्लो जीवन विताइरहेकी छन् । आमेशपछि उनको जीवनमा कसैको प्रवेश भएको छैन । चाँडै उनी ‘माया’ नामक चलचित्रमार्फत् फिल्म निर्माणमा होमिँदैछिन् ।

बुधबार दुलहीको भेषमा सजिएको एक तस्विर फेसबुकमा साझेदार गर्दै उनले आफूलाई बेहुली हुन मन लागेको बताएकी छन् । उनले लेखेकी छन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ । तर, कसको घरमा थाहा छैन ।’ यो स्टाटसले उनलाई बेहुली हुन रहर लागेको प्रस्ट्याउँछ । मंसिर लागेपछि जो कोही अविवहित युवतीलाई दुलही भएर कसैको घरमा भित्रने रहर जाग्नु नौलो होइन ।

तर, नीतालाई बेहुली हुने रहर जागेको भएता पनि जीवनभर साथ दिने बेहुला भेटेकी छैनन् । फिल्म ‘मितिनी’ मा बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी उनले अहिलेसम्म ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ! उनी अभिनीत कुनै चलचित्र बक्सअफिसमा असफल छैनन् । यद्यपि, उनको अभिनयको भने मुक्तकण्ठले प्रशंसा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu