अनुष्का र ऋचाको विवाहको पहिरन मिलेको र मिलाइएको ?



अभिनेत्री ऋचा शर्मामाथि बलिउड अभिनेत्री अनुष्का शर्माको ‘वेडिङ ड्रेस’ को डिजाइन चोरेर तयार पारिएको पहिरन लगाएको आरोप लागेको छ । साउथ इन्डियन चलचित्रको कथा पैंचो लिएर निर्माण भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ की अभिनेत्री ऋचा शर्माले गएको शनिबार धमधामसँग प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् । उनले विवाहमा लगाएको पहिरनले धेरैलाई लोभ्याएको थियो ।

तर, उनले विवाहको दिन लगाएको पहिरन बलिउड अभिनेत्री अनुष्का शर्माको ‘वेडिङ ड्रेस’ सँग मिल्दोजुल्दो देखिएको छ । सब्यसाची मुखर्जीले तयार पारेको अनुष्काको विवाहको पहिरन गुलाबी रंगको छ । भुईंसम्म घिस्रिएको लेहंगा फूलको बुटाले भरिएको छ । भने, अनुष्काले घाँटीमा पहिरनसँग मिल्ने न्याक्लेस र कानमा झुम्का लगाएकी छन् । ऋचाको विवाहको पहिरन र अनुष्काको ‘वेडिङ ड्रेस’ धेरै हदसम्म मिलेको देखिन्छ ।

उनले पनि फूलको बुट्टाले भरिएको गुलाबी रंगको लेहंगा पहिरिएकी छन् । भने, ‘वेडिङ ड्रेस’ सँग मिल्ने न्याक्लेस र कानमा झुम्का लगाएकी छन् । उनको विवाहको पहिरन मार्शल मार्शलाले तयार पारेको हो । चोरीको कथामा बनेको चलचित्रमा अभिनय गरिसकेकी ऋचालाई जीवनको सबैभन्दा अविस्मरणीय दिनमा पनि बलिउड अभिनेत्रीको ‘वेडिङ ड्रेस’ को डिजाइन चोरेर तयार पारिएको पहिरनमा सजिएको आरोप लागेको छ ।

थर मिल्ने भएका कारण ऋचाले हुबहु अनुष्काको ‘वेडिङ ड्रेस’ जस्तै विवाहको पहिरन डिजाइन गर्न फेसन डिजाइनरलाई भनेकी त थिइनन् ? पहिरन चोरीको आरोप लाग्यो भने ‘दिदी-बहिनी हौं’ भन्ने जवाफ दिन पनि सजिलो ! यद्यपि, उनले विवाहको पहिरन डिजाइन चोरीको विषयमा भने कुनै जवाफ दिएकी छैनन् । बिहीबार उनले राजधानीको ठमेलमा रहेको एक होटलमा विवाहको रिसेप्सन पार्टी लिँदैछन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचाले विवाहमा परिणत गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu