दुई हप्ता पछाडि सर्‍यो शिवहरीको ‘लक्का जवान’



चर्चित हास्यकलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बनेको कमेडी चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र अब चैत २१ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने निश्चित भएको छ । वितरकको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक शिवहरीले जानकारी दिए ।

‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको यो चलचित्रको सम्पूर्ण छायांकन केही समय अगाडि सकिएको हो । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको चलचित्रको सह-निर्मातामा सुरेन्द्र केसी र दीपेन्द्र खनिया छन् । ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । चलचित्रमा वर्षाले प्रहरी अफिसरको भूमिका निभाएकी छन् । चलचित्रको छायांकनको बेला उनले आफ्नो लुक्स सार्वजनिक गरेकी थिइन् । लगातार असफल चलचित्रबाट जुधिरहेकी उनलाई यो चलचित्रबाट ठूलो आश छ ।

‘लक्का जवान’ मा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको निर्देशक शिवहरी बताउँछन् । लामो समय ‘जिरे खुर्र्सानी’ मा अभिनय गरेका उनले पहिलो पटक निर्देशन गरेको चलचित्र कस्तो होला भन्ने धेरैलाई कौतुहलता छ । अहिले टेलिभिजनको पर्दामा जमेका हास्यकलाकारहरु चलचित्र निर्माणतर्फ होमिरहेको अवस्थामा शिवहरी पनि अपबाद रहन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu