शनिवार भएको अधिवेशनबाट चलचित्र निर्देशक समाजको रक्षा सिंह राणाको नेतृत्वमा आएको छ । निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् । चलचित्र विकास वोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो । राणाले ४५ मत प्राप्त गरिन् भने श्रेष्ठले ४४ मत प्राप्त गरिन् । त्यस्तै, अध्यक्षका अन्य प्रत्यासीहरु लक्ष्मण रिजाल र शेखर खनालले क्रमश: १९ र ३ मत प्राप्त गरे ।

उपाध्यक्षमा ५८ मत सहित राजु अधिकारी र ६२ मत सहित राजेन्द्र कुमार उप्रेती विजेता बने । उपाध्यक्षका अन्य दुई प्रत्यासीहरु विजय रत्न तुलाधरले ५७ मत प्राप्त गरे भने आरबिके शरदले २१ मत प्राप्त गरे ।
महासचिवमा ६१ मत सहित जनकदीप पराजुली विजयी रहे । महासचिवका अन्य दुई प्रत्यासीहरु समीर बलामी र दिनेश लिंगदेनले क्रमश: ४० र ११ मत प्राप्त गरे ।
सचिवमा ५९ मत सहित अरुण कुमार प्रधान विजयी बने भने अन्य दुई प्रत्यासीहरु जनक खड्का र बिश्वमणि घिमिरेले क्रमश: ३६ र १७ मत प्राप्त गरे ।
कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु निर्विरोध रहे । कोषाध्यक्षमा समुन्द्र भट्ट, सह कोषाध्यक्षमा हरी सिलवाल साथै सदस्यहरू किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे र नविन अवाल निर्देशकबाट न्यौपाने निर्विरोध निर्वाचित भए । त्यस्तै, थमन सिंह पुर्जा र सुरेश न्यौपाने मुख्य सहायक निर्देशक तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित कार्यसमितीलाई हार्दिक बधाई ।




