‘१२ सत्ताइस’ को शिर्ष गीत रिलिज (भिडियो)



आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को शिर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको स्वर तथा संगीत रहेको गीतमा चर्चित र्‍यापर गिरिश खतिवडाको र्‍याप छ । प्रकाश मल्लले गीत लेखेका हुन् । दीपक र गिरिशसँगै गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ ।

‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा चलचित्र आधारित छ । चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । भने, कथा पनि उनी स्वयंले लेखेका हुन् । चलचित्रमा अभिषेक नेपाल, समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाललगायतका कलाकारहरुको अभिनय छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा बनेको चलचित्रको सह-निर्माता गौतम शाह हुन् । चलचित्रमा दीपक आरजेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । चलचित्र ‘१२ सत्ताइस’ उत्कृष्ट बनेको निर्देशक योञ्जनको दाबी छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu