चलचित्र विकास वोर्ड अध्यक्ष केेशव भट्टराईको निधन



चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती करिब १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ ।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।

५४ बर्षको उमेरमा नै निधन भएका भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

स्व. भट्टराईको मृत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu