केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



नेपाली चलचित्रका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटर ह्यान्डलमार्फत् दुई कलाकारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छन् ।

उनले आफ्नो व्यक्तिगत ट्वीटरमा लेखेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

अभिनयमा पारंगत मानिने कलाकार दीपक क्षेत्री शनिबार आफ्नै निवासमा सुतेरै ठाउँमा मृत अवस्थामा भेटिएका थिए । भने, चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता केशव भट्टराईको आइतबार राती करिब १०ः३० बजे हृदयघातका कारण निधन भएको हो ।

नेपाली चलचित्रका दुई प्रतिभाशाली कलाकारको निधन हुँदा नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको छ । कलाकारद्वय दीपक क्षेत्री र केशव भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अहिले कलाकार भट्टराईको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि विकास बोर्डमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu